राष्ट्रपति पौडेलले बुधबार पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन्।
शिक्षामन्त्री रहेकी विद्या भट्टराईले राजीनामा दिएसँगै रिक्त रहेको पदमा ओलीले पन्तलाई नियुक्त गरेका हुन्।शिक्षकहरूको २२ दिन लामो आन्दोलनका कारण शैक्षिक गतिविधि ठप्प छन् भने कक्षाा १२ को परीक्षा डेढ सातालाई सरेको छ।