जसमार्फत परीक्षासम्बन्धी कुनै कार्यमा सहभागी नहुन विद्यालय कर्मचारी, शिक्षक र प्रधानाध्यापकहरूलाई अनुरोध गरिएको छ ।
‘शिक्षक कर्मचारीका माग सम्बोधन नभएसम्म आन्दोलनको बिचमा आम विद्यालय कर्मचारी, शिक्षक र प्रधानाध्यापकहरू परीक्षा सञ्चालन, व्यवस्थापन तथा समन्वय सम्बन्धी कुनै कार्यहरूमा सहभागी नहुन अनुरोध गर्दै काठमाडौं केन्द्रित आन्दोलनमा आफ्ना सबै शिक्षक कर्मचारी साथीहरू सहित सहभागिताका निम्ति हार्दिक अनुरोध गर्दछौं,’ अपिलमा भनिएको छ ।परीक्षासम्बन्धी कुनै कार्यमा सहभागी नहुन शिक्षक महासंघको अपिल
काठमाडौं । शिक्षकहरू आन्दोलनमै रहेका बेला सरकारले कक्षा १२ को परीक्षा सञ्चालन गर्न खोजेपछि शिक्षक महासंघ असन्तुष्ट बनेको छ । आफूहरूको माग सम्बोधन नगरेर निजामती कर्मचारी मार्फत परीक्षा सञ्चालन गर्न खोजिएपछि नेपाल शिक्षक महासंघ जिल्ला समिति सिन्धुलीले अपिल नै जारी गरेको छ ।