काठमाडौँ- सोमबार रुपन्देही जिल्ला लुम्बिनी साँस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएकामध्ये २ बालकको शव सशस्त्र प्रहरी बलको गोताखोरले मंगलबार बिहान निकालेको छ ।

सोही ठाउँ बस्ने वर्ष १३ को उमेश यादव र बर्ष १२ को मुनु हरीजनको शव फेला परेको हो । उनीहरूको खोजिको लागि राति नै सशस्त्र प्रहरी बल नेपालको गोताखोर परिचालन गरिएको थियो ।

सुरक्षा वेश लुम्बनीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दिपक कोइराला र बोर्डर आउट पोष्ट बयरघाटबाट सशस्त्र निरीक्षक रामकुमार घिमिरेको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले मंगलबार बिहान बेपत्ता भएकै स्थानबाट दुई बालकको शव फेला पारेको हो ।

बेपत्तामध्ये १४ बर्षका राज यादबको शव भने सोमबार साँझ फेला परेको थियो ।

7
Shares
९ बैशाख २०८२, मंगलवार ११:२५