शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएकी छिन् ।
यसप्रति आपत्ति जनाउँदै पूर्व शिक्षामन्त्री समेत रहेकी सुमनाले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपथ्र्यो प्रधानमन्त्रीको ।’उनले थप कटाक्ष गर्दै अघि लेखेकी छिन्, ‘…तर, त्यो पर्दैन, हैन त ?’
शिक्षक आन्दोलन उत्कर्षमा भएको बेलामा शिक्षामन्त्री भट्टराईले राजीनामा बुझाएपछि सरकारको चौतर्फी आलोचना भइरहेको छ ।