विराटनगर । प्रेस सेन्टर नेपाल मोरङले नयाँ वर्ष २०८२ सालको ‘टेबल क्यालेन्डर’ सार्वजनिक गरेको छ । विराटनगरमा आइतबार हाम्रोमत दैनिकको २२ औं वार्षिकोत्सव कार्यक्रमका अवसरमा पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संयुक्त रूपमा ‘क्यालेन्डर’को विमोचन गरेका छन् ।

कार्यक्रममा प्रदेशका मन्त्री, सांसद, राजनीतिक दलका नेताहरु, उद्योगी व्यवसायी, नागरिक समाजका अगुवालगायत विभिन्न क्षेत्रको उपस्थिति थियो । कार्यक्रममा क्यालेन्डरको उद्देश्य र यसको सन्देशमूलक पक्षबारे जानकारी गराइयो सेन्टरका मोरङ अध्यक्ष नवीन कर्णले बताए ।

प्रेस सेन्टर नेपालले पत्रकारिता मात्र नभइ सामाजिक र सृजनात्मक गतिविधिहरूमा पनि सक्रियता जनाउँदै आएको सेन्टरका मोरङ सचिव अनिल श्रेष्ठले जानकारी दिए ।
14
Shares
७ बैशाख २०८२, आईतवार १९:२९