काठमाडौंमा आइतबार आzजक संस्था ई स्पोर्ट्स संघले पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । संघका अध्यक्ष अन्जन धमलाले सरकारको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएको कार्यक्रमलाई वैशाखको अन्तिम साता सञ्चालन गर्न लागिएको बताए ।
ई स्पोर्ट्सको पब्जी मोबाइल खेललाई समावेश गरेर एसियाली स्तरको प्रतियोगिता आयोजना गर्न लागेको बताउँदै, अध्यक्ष धमलाले भने, ‘भर्चुअल एरिनामा एसियाका उत्कृष्ट गेमरलाई एकताबद्ध गर्न प्रतियोगिता उपयोगी हुने गरेका छौँ । अनलाइनमार्फत हुने प्रतियोगिता वैशाख २६, २७ र २८ गते सञ्चालन हुनेछ ।’संघका वरिष्ठ उपाध्यक्ष हिमविक्रम केसीले प्रतियोगितामा नेपालसहित एसियाका १३ देश सहभागी हुने बताए ।
उनका अनुसार प्रतियोगितामा मलेसिया, सिंगापुर, इन्डोनेसिया, भियतनाम, फिलिपिन्स, पाकिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, लेबनान, मंगोलिया, श्रीलंका, माल्दिभ्स सहभागिता हुनेछन् । सचिव आशिष दाहालले एसियाली देशलाई प्रतियोगिताका लागि निमन्त्रणा गरेर सहभागिता निश्चित गरिएको उल्लेख गरे ।ईशानको इभेन्ट कमिटीका संयोजक समेत रहेका दाहालले एसियाली च्याम्पियनसिपको तयारी तीव्र रूपमा अघि बढेको बताए । कुल १० लाख पुरस्कार रहेको प्रतियोगितामा शीर्ष ६ टिमले पुरस्कार रकम प्राप्त गर्नेछन् ।