समितिका कार्यवहाक संयोजक डा. जगमान गुरुङले शनिबार विज्ञप्ति जारी गर्दै राप्रपाको आन्दोलनलाई पूर्ण साथ र सहयोग रहने जनाएका हुन्।
‘संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य, संघीयताको खारेजी, भ्रष्टाचारको अन्त्य एवं सुशासनको पक्षमा क्रियाशील रहेर २०८२ वैशाख ७ गतेदेखि राप्रपालगायत सबै देशभक्त, राष्ट्रवादी दल, समूह, अभियानहरुबाट आयोजना हुने कार्यक्रमहरुमा संयुक्त जनआन्दोलन समितिको पूर्ण साथ, सहयोग रहने छ,’ विज्ञप्तिमा भनिएको छ।साथै भोलिको आन्दोलनमा सहभागी हुन गुरुङले सर्वसाधारणलाई आह्वान गरेका छन्।