गृहले शनिबार विज्ञप्ति जारी गरेर राप्रपाले वैशाख ७ गते आइतबार निषेधित क्षेत्र तोड्ने भनि सार्वजनिक भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने चेतावनी दिएको हो।
गैरकानुनी गतिविधिमा संलग्न जोसुकैलाई कानुनबमोजिक कारबाही हुने गृहको भनाइ छ। साथै गृहले अराजक क्रियाकलापमा संलग्न नहुन अनुरोध गरेको छ।‘संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानून बमोजिम कारवाही हुने व्यहोरा सूचित गरिन्छ। साथै, समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन समेत गृह मन्त्रालय सबैमा अनुरोध गर्दछ,’ गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।