विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले देश आफ्नो नेतृत्वमा मात्रै बन्न सक्ने वताएका छन् ।

आज फेसबुकमा स्टाटस लेख्दै उनले सो कुराको जानकारी गराएका हुन भने सबैलाई आफ्नो अभियानमा जोडिन पनि अनुरोध गरेका छन । मेयर साम्पाङको उक्त स्टाटसमा कमेन्ट गर्ने अधिकांशले सहमति जनाएका छन्।

उनले लेखेका छन्,’अब देशै भरि Harka Sampang A Revolution Team बनाउनेछौँ ! मलाई मन पराउने, मेरो बिचार र मेरो काम मन पराउने जति सबै जोडिनु होला ! मेरो अभियान मन पराउने जति सबै आउनु होला ! अब म दिन्छु नेतृत्व ! अरुले सक्दैन, जान्दैन ! देशको माया लाग्छ भने जोडिनुहोला !’

धरानका मेयर साम्पाङ हक्की र निडर स्वभावकै कारण जनताका विचमा लोकप्रिय बन्दै गएका छन् । उनको फेसबुक स्टाटसले कहिलेकाहीँ उनैलाई विवादमा पनि तानेको छ।

संघीय सरकारको असहयोगका बावजुद पनि उनले धरानमा श्रमदानकै माध्यमबाट विभिन्न खोलाबाट पानी ल्याएका छन् । केही दिनअघि मात्रै मेयर साम्पाङ कै नेतृत्वमा भालु खोलाको पानी सफलता पुर्वक धरानमा ल्याइएको थियो ।
35
Shares
५ बैशाख २०८२, शुक्रबार १०:२४