लिवर्टी नेपाल लागूपदार्थ उपचार तथा पुनःस्थापना केन्द्रले नयाँ वर्षको शुभकामना आदानप्रदान तथा महेन्द्र मोरङ बहुमुखी क्याम्पसमा नेविसंघका तर्फबाट विजयी विद्यार्थीहरूको स्वागत सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले स्ववियूको भूमिकासमेत परिवर्तन भएको उल्लेख गरे ।
कार्यक्रममा नेविसंघका तर्फबाट निर्वाचित उपसभापति सुलभजंग बस्नेत, सचिव सुदीक्षा थापा मगर, कोषाध्यक्ष रोशनकुमार पासवान, सहसचिव मोहम्मद साहिल अन्सारी, सदस्यहरू कुशलकुमार साह तेली, सुशान्त बस्नेत, भानु चेल, रामदत्त मेहता, अञ्जिला काफ्ले, मोहम्मद सहिन, सविनप्रसाद नेउपाने, नविनबाबु तिवारी, रक्षक सुवेदी, अंकित पोखरेललाई सम्मान गरिएको थियो ।कार्यक्रममा नेपाली कांग्रेस मोरङका उपसभापतिसमेत रहेका मेयर कोइराला, अध्यक्ष थापामगर, आयोजक समितिका अध्यक्ष राजेन्द्रप्रसाद भट्टराई (राजन), व्यवस्थापक सुनिल थापा मगर, नेपाली कांग्रेसका युवा नेता कृष्ण कार्की, हरि भट्टराई, कोशी अस्पतालका चिकित्सक डा. रोशन खड्का, समाजसेवी राजेन्द्र खनाल, क्रिकेट संघ मोरङका सभापति मोहम्मद सादबाबुलगायतले टीका, खादा, माला लगाएर सम्मानपत्र प्रदान गरेका थिए ।