विराटनगर–११ स्थित बाल कल्याण विद्या मन्दिर (विकेभिएम) मा आयोजित समारोहमा तालिमको विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरे ।
विकेभिएम स्कुलका प्राचार्य रविन दाहालको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विपदको समयमा विराटनगर महानगरपालिकाका विभिन्न स्थान जोखिममा पर्ने र उचित प्रविधि र प्राविधिक जनशक्तिको अभावमा महानगरपालिकाले चाहेर पनि विपद व्यवस्थापनमा तीव्रता लिन नसकेको बताए ।कार्यक्रमका प्रमुख प्रशिक्षक ई. अशोक ठकुल्लाले कार्यक्रमको विषयवस्तुमाथि प्रकाश पारेका थिए । कार्यक्रम ३० जना सहभागी लक्षित थियो भने दोब्बर आवेदन प्राप्त भएको र विद्यार्थी छनोट गर्न निकै समस्या भएको समितिका सदस्य ओशन शर्मा कट्टेलले बताए ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका निजी तथा सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थी र पूर्वाञ्चल, त्रिभुवन तथा काठमाडौं विश्वविद्यालयमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरू सहभागी छन् ।