अध्यक्षका आकांक्षी रोहित कोइराला र बलराम गिरी (नवीन) ले पूर्व घोषित प्यानलै उम्मेदवारी दर्ता गराएका छन् । बुधवार साँझसम्म उम्मेदवारी दर्ता गरिएपछि बिहीबार मतदान गर्ने गरी निर्वाचन कमिटीले निर्वाचन कार्यक्रम संशोधन गरेको हो ।
मङ्गलवार उद्घाटन भएको दोस्रो महानगर अधिवेशनले १०१ सदस्यीय महानगर कमिटी निर्वाचित गर्ने जनाइएको छ । कोइराला समूहबाट उपाध्यक्षमा राम पोखरेल, सचिवमा नवराज काफ्ले र उपसचिवमा प्रेमकला डाँगी र चन्द्र शेखर विश्वास उम्मेदवार छन् ।ढकाल प्यानल भनिएका गिरी समूहबाट उपाध्यक्षमा सुवासप्रसाद न्यौपाने, सचिवमा विज्ञान शर्मा चापागाईँ, उपसचिवमा हिमा मैनाली पोखरेल, हामिद आजाद छन् ।