उनले भने, ‘संविधान आइसकेपछि एकथरीले केचाहिँ गलत भाष्य तयार गर्न खोजिरहेको छ भने व्यवस्था परिवर्तन भयो तर हाम्रो अवस्था परिवर्तन भएन। तर, हामी भन्छाँै, व्यवस्था मात्र होइन, हाम्रो अवस्थामा समेत परिवर्तन आएको छ। पञ्चायतपूर्व र अहिलेको अवस्थामा धेरै परिवर्तन आएको छ। त्यसबेला बोल्न पाउने अवस्था थिएन।’
त्यसैगरी उपप्रधानमन्त्री सिंहले संविधानको परिधिभित्र रहेर आफ्ना असन्तुष्टि जाहेर गर्न सकिने बताए। उनले भने, ‘लोकतान्त्रिक व्यवस्थामा असन्तुष्ट भएको खण्डमा संविधानको परिधिभित्र बसेर शान्तिपूर्वक तवरमा आफ्नो विचार राख्न पाइन्छ। तर भन्नका लागि शान्तिपूर्वक भन्ने तर अशान्त भएपछि सरकारले विधिको शासनअनुसार रुल अफ ल स्थापित गर्न आफ्नो गतिवीधि अघि बढाउँछ।’उनले सडकबाट संविधान परिवर्तन नहुनेसमेत प्रष्ट्याए। संविधानसभाबाट बनेको संविधानका प्रावधान संशोधन गर्न दुई तिहाइ बहुमतबाट मात्रै सम्भव हुने उनको भनाइ छ।
उनले संविधान नबनेका कारण सडकबाट संविधान परिवर्तन हुन नसक्ने बताए। क्रान्तिकारी भाषण गरेर मात्रै परिवर्तन नहुने भएकाले विधि प्रक्रियाबाटै सबै समस्याको समाधान निकाल्नुपर्नेमा उनले जोड दिए।