विराटनगर- कोशी प्रदेश सरकारले वैशाख १८ र १९ गते लगानी सम्मेलन गर्ने जनाएको छ । विराटनगरमा बुधबार पत्रकार सम्मेलन गर्दै प्रदेश सरकारले रोजगारी सृजना र ब्यवसायिक क्षेत्रमा उत्साह जगाउन प्रदेश राजधानीमा केन्द्रित भएर लगानी सम्मेलन गर्ने जनाएको हो ।

सरकारको आयोजनामा हुने पहिलो लगानी सम्मेलनबारे जानकारी दिँदै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लगानी सम्मेलनमा मुख्यगरी पर्यटन क्षेत्रका योजनाहरु समेटिएको र त्यसबाहेक उद्योग र सूचना प्रविधि क्षेत्रलाई पनि समेटेको जानकारी दिए ।

विराटनगरको वीरेन्द्र सभा गृह हलमा हुने सम्मेलनबारे उनले सीमित स्रोत साधनको उपयोग गर्दै प्रदेशको विकासका लागि लगानी सम्मेलन महत्त्वपूर्ण हुने बताए ।

मुख्यमन्त्री कार्कीले राष्ट्रिय आयको वृद्धिमा यसले हयोग पुर्याउने चर्चा गर्दै विगतका सम्मेलनबाट पाठ सिक्दै अधिकतम लगानी भित्र्याउने र लगानीको सुनिश्चितताको लागि यो लगानी सम्मेलन सफल हुने विश्वास लिए ।

कार्यक्रममा प्रदेश लगानी प्राधिकरणका कार्यकारी अधिकृत सरोज कोइरालाले पर्यटन क्षेत्रमा १५ वटा भौतिक पुर्वाधारमा १४ वटा योजना बनेको जानकारी दिए । त्यसैगरि, उनले लगानी सम्मेलनमा कृषिका ९ उद्योगमा ९ वटा परियोजना समावेस गरिएको बताए ।

५४ वटा विभिन्न योजनाहरु सोकेश गर्ने तयारी गरिरहेको लगानी सम्मेलनमा १ खर्ब ३९ अर्ब रुपैयाँको परियोजना सोकसिङ गर्ने तयारी प्रदेश सरकारको छ। सम्मेलन सम्पन्न गर्नका लागि हालसम्म सम्पूर्ण समितिहरूको निर्माण र सचिवालय गठन भई कार्यहरू अघि बढेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कोशी प्रदेश लगानी सम्मेलन २०२५ को सचिवालयले जनाएको छ।

सचिवालयका संयोजक तथा प्रदेश सचिव पवनकुमार तिमिल्सेनाले ‘सोकेश’ गरिने परियोजनाहरूको छनौटका कामहरूको तयारी अन्तिमचरणमा पुगेको जानकारी दिए । तिमिल्सेनाका अनुसार कोशी प्रदेशमा सार्वजनिक, नीजि साझेदारी अन्तर्गतका परियोजनाहरूलाई कार्यान्वयनका लागि सरलीकृत वातावरण निर्माण गर्न कानुनी, नीतिगत सुधार र प्रशासनिक सहजता प्रदान गर्ने तयारी रहेको बताए। लगानी सम्मेलनमार्फत होटल, रिसोर्ट, वाटर पार्क लगायत समेत योजना सोकेसिङ भएकाछन ।

यसैगरी सन्चालनमा रहेका केहि परियोजनालाई समेत सोकेसिङमा राखिएको छ ।

91
Shares
३ बैशाख २०८२, बुधबार १६:४८