काठमाडौँ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सरकारको सात बुँदामा आलोचना गरेका छन्। कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणबाट हटाएकोदेखि एआइजी नियुक्तिमा भएको विलम्बसम्म देखाएर सरकारको आलोचना गरेका हुन्।

मंगलबार मात्र कांग्रेसकै अर्का महामन्त्री गगनकुरमार थापाले सरकारको चर्को आलोचना गर्दै विचौलियको उठबस प्रधानमन्त्रीको सयनकक्षसम्मै रहेको बताएको भोलिपल्ट शर्माले ट्वीटरमा लेख्दै सरकारको आलोचना गरेका हुन्।

सरकार चल्नुपर्छ तर कार्यशैली बदल्नुपर्छ भन्दै शर्माले सरकारको आलोचना गरेका छन्। उनले सामाजिक सञ्जाल विधेयक ल्याउँदा कुनै छलफल नगरिएको, कांग्रेसभित्र फरक मत हुँदा पनि कुलमान हटाएको, शिक्षकको माग सम्बोधनमा ढिला भएको, अख्तियारसम्बन्धी विधेयक रोकिएकोलगायत विषयमाथि आलोचना गरेका छन्।

7
Shares
३ बैशाख २०८२, बुधबार १६:३३