मंगलबार राति मुल्लांपुरमा कोलकाता विरुद्धको खेलमा टिमले १ सय ११ रन मात्र बनाउन सकेको थियो। तर उत्कृष्ट बलिङका कारण उसले कीर्तिमानी लो स्कोर जोगाउन सफल भयो। कोलकाता ९५ रनमा अलआउट भयो।
पञ्जाब किंग्सको जितमा युजवेन्द्र चाहलले ४ विकेट लिंदै खेल आफ्नो पक्षमा पारे। त्यसअघि पहिले ब्याटिङ गरेको पञ्जाब १५.३ ओभरमा १ सय ११ रनमा समेटिएको थियो। उसका लागि प्रभसिम्रन सिंहले ३० रन बनाउनु सर्वाधिक रह्यो।त्यस्तै प्रियन्स अर्याले २२ तथा शसांक सिंहले १८ रन बनाएका थिए। पञ्जाबलाई सस्तैमा समेट्ने क्रममा कोलकाताका हर्सित रानाले ३ तथा वरुण चक्रवर्ती र सुनिल नारेनले २-२ विकेट लिएका थिए।
१ सय १२ रनको कमजोर लक्ष्य पछ्याएको कोलकाता १५.१ ओभरमै ९५ रनमा अलआउट भयो। उसका लागि अङ्गकृष रघुवंशीले ३७ रन जोड्दा अजिंक्य रहाणे र आन्द्रे रसेलले १७-१७ रन बनाएका थिए। अन्य खेलाडीले भने दोहोरो स्कोरमा रन बनाउन सकेनन्। पञ्जाबको जितमा युजवेन्द्र चाहलले ४ विकेट लिंदा मार्को यनसेनले ३ विकेट लिएका थिए।यसअघि २००९ मा चेन्नइ सुपर किंग्सले १ सय १६ रनको लक्ष्य जोगाएको थियो। जवाफमा पञ्जाबले ९२ रन मात्र बनाउन सकेको थियो।
जितपछि पञ्जाब चौंथो स्थानमा उक्लिएको छ। पराजित कोलकाताको ७ खेलबाट ३ जित सहित ६ अङ्कका साथ छैटौं स्थानमा रहेको छ।