विराटनगर । नेपाल प्रेस इन्स्टिच्युटको विराटनगरमा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र ले पत्रकारिता सीप अभिवृद्धि तालिम आयोजना गरेको छ ।

क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका प्रबन्ध समितिका अध्यक्ष मोहन भण्डारीको सभापतित्वमा आयोजित कार्यक्रममा तालिम उद्घाटन गरिएको हो ।

त्यस अवसरमा प्रशिक्षक बन्धु पोखरेलले शुभकामना दिएका थिए । तालिममा केन्द्रका संयोजक वीरेन्द्र शर्मा र मुख्य प्रशिक्षक यज्ञ शर्माको पनि उपस्थिति थियो ।

यसअघि केन्द्रबाट तालिम लिइसकेका पत्रकारहरुलाई सबलीकरणका लागि थप तालिम दिन लागिएको केन्द्रका संयोजक शर्माले जानकारी दिए ।

तालिमका क्रममा अन्तरवार्ता लिने प्रक्रिया, अनलाइन पत्रकारिता र पत्रकारिताका अन्य पक्षबारे जानकारीमूलक छलफल हुने शर्माले बताए ।

विराटनगर महानगरपालिकाको सहयोगमा सञ्चालित तालिम वैशाख २ गते देखि ७ गतसम्म सञ्चालन हुनेछ । तालिममा १८ जना प्रशिक्षार्थी सहभागी छन् ।

मुलुककै अग्रणी पत्रकारिता प्रशिक्षण संस्था नेपाल प्रेस इन्स्टिच्युट इन्स्टिच्युटले विभिन्न समयमा आवधिक तालिमहरु प्रदान गर्दै आएको छ । पत्रकारहरुको सीप अभिवृद्धि गर्न खोज पत्रकारिता तालिम, विकास पत्रकारिता तालिम र वातावरण लगायत विषयमा पनि केन्द्रले तालिम दिंदै आएको छ ।

28
Shares
२ बैशाख २०८२, मंगलवार २२:२०