विराटनगर। विराटनगरमा अवस्थित आदर्श माध्यमिक विद्यालयले पूर्वनिर्धारित र विद्यालय भर्ना लगायतका कार्यक्रमहरु स्थगित गरेको छ।
आज सुचना जारी गर्दै विद्यालयले अर्को सुचना नआएसम्मको लागि सबै कार्यक्रमहरु स्थगित गरेको जनाएको छ ।
हाल चलीरहेको शिक्षक महासंघको शिक्षक कर्मचारीले गरेको आन्दोलनका कारण असहज परिस्थिति सृजना भएकोले कार्यक्रमहरु स्थगित गरिएको सुचनामा उल्लेख छ ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरू गएकाे १४ दिनदेखि काठमाण्डौ केन्द्रित आन्दोलनमा छन् । सरकारले विगतका सहमति कार्यान्वयन नगरेको भन्दै उनीहरूले यस पटकको आन्दोलन निर्णायक भएकाले कुनै पनि हालतमा ऐन लिएर मात्र फर्कने बताउँदै आएका छन् ।

महासङ्घले देशैभर विद्यालयमा अनुगमन भइरहेको भन्दै आन्दोलनमा अहिलेसम्म नआएका शिक्षकहरूलाई अनिवार्य आन्दोलनमा सहभागी हुन आग्रह गरेकोछ ।

42
Shares
२ बैशाख २०८२, मंगलवार १२:४०