जितसँगै विराटनगरले २ लाख १ हजार रुपैयाँ र उपविजेता पटनाले १ लाख १ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गरे । टस जितेर पहिले ब्याटिङ गरेको पटनाले १६ ओभर ३ बल खेल्दै सबै विकेटको क्षतिमा १ सय १ रन बनायो । सुदर्शन कुमारले ४६ रन, पुरुषोत्तम कुमारले १६ रन र नन्द किशोरले ११ रन बनाए । बलिङमा विराटनगरका हेमन्त धामी र राम नरेश गिरीले समान ३–३ विकेट लिए ।
विराटनगरले पाएको १ सय २ रनको लक्ष्य ८ ओभरमा २ विकेट गुमाउँदै विजयी भयो । ७२ रन बनाएका इमरान शेखले प्लेयर अफ द म्याच हुँदै ३ हजार रुपैयाँ प्राप्त गरे भने शुभ कंसकारले १२ रन, लोकेस बमले १६ रन बनाए । बलिङमा पटनाका रोहन दास गुप्ता र नन्द किशोरले समान १–१ विकेट लिए ।मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीको आयोजना तथा कोसी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा भएको प्रतियोगितामा नेपालका ६ र भारतका ६ गरी १२ टोलीको सहभागिता थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडी वाईआरसीसीका नरेश गिरीले २५ हजार रुपैयाँ पाए भने बेस्ट बलर होराइजनका दीपेश कँडेल र बेस्ट ब्यटरमा पटनाका कुमार श्रेयले जनही १५–१५ हजार रुपैयाँ प्राप्त गरे ।
नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंहले खेलाडीहरूलाई पुरस्कार प्रदान गरे ।