शनिबारको खेलमा टस हारेर पहिले ब्याटिङ सुरु गरेको हङकङले ९ ओभरमा ३ विकेट गुमाएर ६८ रन बनाउँदा पानी पर्न थालेपछि खेल रोकिएको थियो। करिब १ घन्टापछि वर्षा रोकिएर कभरहरू हटाएपछि प्रकाश कम रहेकाले खेल सुरु हुन ढिलाइ भएको थियो र फेरि पानी पर्न थालेपछि खेल रद्द गरियो।
३ खेलमा २ जित र १ खेल नतिजाविहीन भएपछि नेपालको ५ अंक भयो। एक खेल मात्र जितेको हङकङको ३ अंक मात्र भयो। नेपाल शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो। यसअघि कुवेतले कतारलाई हराएर ४ अंक जोड्दै नेटरनरेटमा पनि अग्रता बनाउँदै फाइनल पुगेको थियो।फाइनलमा नेपाल र कुवेत भिड्ने
काठमाडौँ । हङकङमा जारी चार देशीय टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल र हङकङले अङ्क बाँडेका छन्। वर्षाका कारण खेल रद्द भएसँगै प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत भिड्ने भएका छन्।