विराटनगर । पटनाको हाइपर क्रिकेट क्लब र विराटनगरको वाइआरसीसी क्रिकेट क्लब चौथोे मिल्स कप इण्डो–नेपाल टी २० क्रिकेटको फाइनलमा पुगेका छन् । दुवै टोलीले उपाधि जितका लागि शनिबार विराटनगरस्थित जुट मिलको खेल मैदान खेल्ने छन् ।

प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो सेमिफाइनलमा खेलमा पटनाले विराटनगरको होराइजन क्रिकेट क्लबलाई ५ विकेटले हराउँदै उपाधि नजिक पुगेको हो । टस जितेर ब्याटिङ थालेको होराइजनले निर्धारित १६ ओभरमा ८ विकेट गुमाउँदै १ सय १३ रनको चुनौती प्रस्तुत गर्यो । मिनास थापाले ३७ रन, फिर्दोस अन्सारीले १७ रन र प्रेम कामतले १४ रन बनाए ।

बलिङमा पटनाका रिसब राकेशले ३ विकेट, विक्की रन्जनले २ विकेट, नन्द किशोर र पुरुषोत्तम कुमारले समान १–१ विकेट लिए । १ सय १४ रनको लक्ष्य पछ्याउने क्रममा पटनाले १४ ओभर ४ बल खेल्दै ५ विकेटको क्षतिमा विजयी हासिल गर्यो । विक्की रन्जनले ३४ रन, पुरुषोत्तम कुमारले ३२ रन र अनुज रन्जनले २७ रन बनाए ।

बलिङमा होराइजनका फिर्दोस अन्सारीले ३ विकेट र दीपेश कँडेलले १ विकेट लिए । खेलको प्लेयर अफ द म्याच पटनाका विक्की रन्जनले ३ हजार रुपैयाँ प्राप्त गरे । त्यसैगरी, अर्को खलेमा विराटनगरको वाइआरसीसीले विराटनगरकै सिद्धार्थ क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको छ ।

वाइआरसीसीले टस जितेर पहिले ब्याटिङको मौका सिद्धार्थलाई दिएको थियो । पहिलो ब्याटिङ थालेको सिद्धार्थले १३ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ७७ रनमै समेटियो । अविनाश कर्णले २० रन, नितेश यादवले १९ रन, नुमार अहमदले १३ रन बनाए । बलिङमा वाइआरसीसीका रामनरेश गिरीले ६ विकेट लिए भने नरेन साउद र अमित श्रेष्ठले समान २–२ लिए ।

७८ रनको विजय लक्ष्य पाएको वाइआरसीसीले ७ ओभर ५ बलमा ४ विकेट गुमाउँदै विजयी निकाल्यो । इमरान सेखले ३० रन, शंकर रानाले १८ रन र लोकेश बमले १४ रन बनाए । बलिङमा सिद्धार्थका श्रवण यादव र दिवान पुनले समान २–२ विकेट लिए । खेलको प्लेयर अफ द म्याच वाइआरसीसीका रामनरेश गिरीले नगद ३ हजार रुपैयाँ प्राप्त गरे ।

एकेडेमीकी सचिव शान्ता श्रेष्ठका अनुसार विजेता टोलीले २ लाख १ हजार र उपविजेता टोलीले १ लाख १ हजार रुपैयाँका साथै ट्रफी जित्ने छन् ।

14
Shares
२९ चैत्र २०८१, शनिबार ११:००