विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली आज दमक आउँदैछन् । दमक पशुहार्टमा हुने विशाल जागरणसभालाई सम्बोधन गर्न उनी झापा आउन लागेका हुन् । लोकतान्त्रिक गणतन्त्र, संविधानको रक्षा र प्रतिगामी चलखेलका विरुद्ध एमालेले कोशी प्रदेशस्तरीय जागरणसभा गर्दैछ ।

सभामा सहभागी हुनका लागि कोशी प्रदेशका गाउँ–गाउँबाट एमालेका कार्यकर्ताहरु दमक पुग्नेक्रम सुरु भएको छ । कार्यक्रम स्थलको पूर्वतर्फबाट आउने सवारी साधनहरु रतुवा पुल पारी रोकेर नारा जुलुससहित सहभागीहरु पशुहाटस्थित कार्यक्रम स्थलमा प्रवेश गर्ने एमालेले हिजो साँझ पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

यसैगरी, पश्चिमतिरबाट आउने सहभागीहरु पश्चिम बसस्टेन्डमा सवारी रोकेर नारा जुलुससहित कार्यक्रम स्थल प्रवेश गर्नेछन् । जागरणसभालाई व्यवस्थित गर्नका लागि करिब २ हजार स्वयं सेवक परिचालन गरिएको पार्टीको कोशी प्रदेश इन्चार्ज एवं स्थायी कमिटी सदस्य शेरधन राईले जानकारी दिए । सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली आज बिहान १० बजे भद्रपुर विमानस्थलमा उत्रनेछन् ।
14
Shares
२९ चैत्र २०८१, शनिबार १०:५७