माओवादीले कांग्रेसले भनेअनुसार सरकारमा गएर वा बाहिर बसेर समर्थन गर्न तयार रहेको भन्दै यसमा आफ्नो स्पष्ट कुरा भएको बताए । ‘अबको कोर्ष भनेको नेपाली कांग्रेस र शान्ति सम्झौताका सहयात्रीहरु एक ठाउँमा आएर सहमति खोज्नु नै सबभन्दा राम्रो विकल्प हो । तत्कालको कुरा नेपाली कांग्रेसले विकल्प दिनुपर्छ । देशको संकटको स्थिति जस्तो देखा परेको छ । यसको निकास दिन सबभन्दा ठूलो दलको नाताले पनि, शान्ति सम्झौताको हस्ताक्षर दलको नाताले पनि, नेपाली कांग्रेसले निकास दिन आँट गर्नुपर्छ भन्ने मेरो’ इमेज टेलिभिजनका जगदीश खरेलको कांग्रेसको नेतृत्वमा सरकार बन्यो भने माओवादी सहयोग गर्छ ? भन्ने प्रश्नमा दाहालले भने, ‘गर्छ । त्यो नेपाली कांग्रेसको जस्तो चाहना हुन्छ, त्यही अनुसार गर्छ । यो कुरा एकदम क्लियर हो । नेपाली कांग्रेसले बाहिरबाट सर्पोट गर्देउ भने पनि हामी तयार । सरकारमा आएर सपोर्ट गर भनेर कांग्रेसले भन्यो भने पनि उहाहरुको भनाइअनुसार हुन्छ ।’
उनले आफू प्रधानमन्त्रीको दौडमा नभएको भने बताए । ‘मचाहिँ प्रधानमन्त्रीको रेसमा ०८४ सम्म छैन । एकदम प्रस्ट हो,’ उनले थपे ।उनले वर्तमान राजनीतिक कोर्स परिवर्तन गर्ने सपना नभई बिपना भएको जनाए । ‘यो सपना होइन, बिपना हो,’ दाहालले भने, ‘राजनीतिक कोर्स परिवर्तन हुन सक्छ । सरकारको नेतृत्व ठूलो पार्टी र शान्ति सम्झौता हस्ताक्षर हुनुको नाताले भनेको हो । मेरो देउवा (शेरबहादुर) सँग विश्वास छ । देउवाले केपी ओलीजीजस्तो जालझेल गर्नुहुन्न ।’