लियोनेल मेसीले २ गोल गरेपछि इन्टर मियामी फुटबल क्लब कोनकाकाफ च्याम्पियन्स कपको सेमिफाइनल प्रवेश गरेको छ।

पहिलो लेगमा लस एन्जलस एफसीसँग पराजित भएको मियामी दोस्रो लेगमा समेत सुरुवाती गोल खाँदै समग्रमा २-० ले पछि परेको अवस्था उल्टाउँदै सानदार पुनरागमन जित सहित सेमिफाइनल पुगेको हो।

दोस्रो लेगमा मेसीको उत्कृष्ट प्रदर्शसँगै ३-१ को जित सहित समग्रमा ३-२ ले विजयी हुँदै इन्टर मियामीले अन्तिम ४ मा स्थान पक्का गर्न सफल भएको थियो। नेपाली समय अनुसार बिहीबार बिहान भएको खेलमा पुनरागमन जित निकाल्ने क्रममा मेसीको जादुमयी प्रदर्शन टिमका लागि निर्णायक रह्यो।

बिहीबार खेलमा अग्रता भने खेलको नवौं मिनेटमा लस एन्जलसले आरोन लङ्गको गोलमार्फत अग्रता लिन सफल भएको थियो। उनको गोलसँगै लस एन्जलसले खेलमा समग्रमा २-० को अग्रता बनाएको थियो।

तर खेलमा फर्कने क्रममा ३५ औं मिनेटमा लियोनेल मेसीले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए। त्यसअघि ३१ औं मिनेटमा मेसीको गोलले मान्यता पाएको थिएन्। यो गोलपछि पनि मियामी समग्रमा २-१ ले पछि रहेको थियो। यस्तोमा दोस्रो हाफमा टिमले अग्रता लिंदै समग्रमा बराबरी गर्यो। मियामीका लागि मेसीलेनै मिलाएको बलमा रेडोन्डोले ६१ औं मिनेटमा गोल गरेका थिए। त्यसपछि मियामीले ६७ औं मिनेटमा पुन अग्रता लिएपनि अप्साइड घोषित भएकव थियो।

टिमका लागि निर्णायक गोल भने मेसीले गरे। ८४ औं मिनेटमा पाएको पेनाल्टीलाई मेसीले पोस्टको दिसा दिंदै टिमालई समग्रमा ३-२ को जित सहित सेमिफाइनलमा पुर्याउन सफल भए। यसअघि पहिलो लेगमा इन्टरमियामी १-० ले हारेको थियो।

21
Shares
२७ चैत्र २०८१, बिहीबार ०९:३६