कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ भव्य रुपमा उद्घाटन गरेको छ । गुराँसको राजधानी तेह्रथुमको तीनजुरे मिल्केमा आयोजित कार्यक्रममा पर्यटन वर्षको उद्घाटन गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशबाट सन्देश प्रवाह गरेर आधार वर्ष तयार गर्न पर्यटन वर्ष घोषणा गरिएको बताए ।

प्रदेशका सबै क्षेत्रहरू पर्यटनको हिसाबले महत्वपूर्ण भएको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले महत्वपूर्ण क्षेत्रहरूलाई विकास गरेर पर्यटनमार्फत् राष्ट्रिय पुँजी निर्माण गरिने बताए ।

स्थानीय तहको सहकार्यमा पर्यटनको विकास गर्दै कोशी प्रदेशलाई नमुना प्रदेशको रुपमा लैजाने उनले प्रतिबद्धता व्यक्त गरे । सुरक्षा निकाय, जनप्रतिनिधि र सरकारी क्षेत्रको व्यवहार सुधार गरेरअघि बढ्दै पर्यटनलाई प्रवर्द्धन गरिने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले सबै जातजाति, धर्म संस्कृतिको जगेर्ना र संरक्षणमा अघि बढ्ने बताए ।

पर्यटनको माध्यमबाट नेपालको वैदेशिक ऋण र व्यापार घाटा काम गर्न सकिने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले ऊर्जा, जलविद्युत पर्यटन, जडीवुटीका क्षेत्रमा काम गर्ने बताए ।
14
Shares
२६ चैत्र २०८१, बुधबार १७:४०