काठमाडौंको बल्खुमा जारी राप्रपाको सभालाई सम्बोधन गर्दै सांसद सिंहले देश बचाउन राजाबाहेक अरू विकल्प नरहेको उनले बताए।
वर्तमान सरकार नसुध्रिए जनताले बंगलादेश र श्रीलंकाको अवस्था ल्याउने चेतावनी पनि उनले दिएका छन्।‘देश बचाउनका लागि जनतालाई यहीँ रोजगारी दिनका लागि राजाबाहेक अरु विकल्प छैन। देश र जनता बचाउन सबै एकजुट हुनुपर्ने अवस्था आएको छ । यो तस्करले चलाएको भ्रष्ट सरकारलाई जडबाट उखेलेर फ्याकिदिउँ,’ उनले भने।