इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई १२ रनले पराजित गरेको छ। मुम्बईमा भएको हाइस्कोरिङ खेलमा बैंगलोरले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको मुम्बई २ यस ९ रनमा समेटिएपछि बैंगलोरले १० वर्षपछि वांखडे स्टेडियममा जित हासिल गर्यो। यसअघि २०१५ मा बैंगलोरले यो मैदानमा जित हासिल गरेको थियो।

टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २१ रन बनाएको थियो। बैंगलोरका लागि कप्तान विराट कोहलीले ४२ बलमा ६७ रन बनाउँदा कप्तान रजत पाटिदारले ३२ बलमा ६४ रन बनाएका थिए।

त्यस्तै देवदत पाडीकलले ३७ रन बनाउँदा जितेश शर्माले १९ बलमा ४० रनको विष्फोटक इनिङ खेलेका थिए। मुम्बईका लागि हार्दिक पाण्ड्या र ट्रेन्ट बोल्टले २-२ विकेट लिँदा भिगनेश पुथुरले १ विकेट लिएका थिए। लामो समयपछि टिममा फर्किएका जसप्रित बुमराह भने विकेटविहीन रहे।

२ सय २२ रनको उच्च लक्ष्य पछ्याएको मुम्बई निर्धारित २० ओभरमा २ सय ९ रनमा समेटियो। मुम्बईले औषत सुरुवात गरेपनि तिलक वर्मा र हार्दिक पाण्ड्याले विष्फोटक इनिङ खेल्दै टिमलाई जित नजिक पुर्याएका थिए। वर्मा १८ औं र पाण्ड्या १९ औं ओभरमा आउट भएपछि मुम्बई ब्याक फुटमा धकेलिएको थियो।
तिलक २९ बलमा ५६ रन बनाएर आउट हुँदा कप्तान पाण्ड्याले १५ बलमा ४२ रनको सानदार इनिङ खेलर आउट भए।

अन्तिम ओभरमा क्रुनाल पाण्ड्याले ३ विकेट लिँदा संभावित जितको अवसरबाट मुम्बइ चुकेको थियो। उसका लागि थप दोहोरो स्कोरका रुपमा सुर्यकुमार यादवले २६ बलमा २८ रन बनाए भने विल ज्याक २२ रन बनाएर आउट भए। त्यस्तै ओपनरहरु रोहित शर्मा र रियल रिकेल्टन १७-१७ रनमा आउट भए।

बैंगलोरका लागि क्रुनाल पाण्ड्याले ४ विकेट लिँदा जोस ह्याजलवुड र यश दयालले २-२ विकेट हात पारेका थिए। अर्को एक विकेट भुवनेश्वर कुमारका नाममा रह्यो। जित पछि बैंगलोर ४ खेलबाट ३ जित सहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। पराजित मुम्बइ पाँच खेलबाट १ जित सहित आठौं स्थानमा छ।

प्रतियोगितामा आज डबल हेडरअन्तर्गत पहिलो खेलमा कोलकाता नाइटराइडर्स र लखनउ सुपर जायन्ट्स भिड्दा अर्को खेलमा पञ्जाब र चेन्नइ भिड्दै छन्।

21
Shares
२५ चैत्र २०८१, मंगलवार १०:११