सोमबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सचिव भट्टराईले जारी आन्दोलनका क्रममा शिक्षकहरुले अघि सारेका मागहरुप्रति सरकार र राजनीतिक दलहरु गम्भीर रहेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरे।
उनले भने, ‘आन्दोलनमा होमिनु भएका शिक्षकहरुप्रति सम्मान छ। तर अब उहाँहरुलाई विद्यालय र आफ्नो गाउँ फर्किएर शैक्षिक क्रियाकलापलाई नियमित रूपमा अघि बढाउन अपिल गर्दछु।’उनले विद्यालय शिक्षा विधेयकलाई संसद्को आगामी वर्षे तथा बजेट अधिवेशनमा अघि बढाइने बताए। शिक्षकहरुको मागको विषयमा उनले आन्दोलनभन्दा पनि वार्ताको आवश्यकता रहेको बताए।
उनले भने, ‘शैक्षिक क्षेत्रलाई अन्योलमा राखेर शिक्षकहरु सडकमा आउनुपर्ने अवस्था देख्दिनँ। उहाँहरु वार्ताबाट देखिएका समस्या समाधान गर्दै काममा फर्कनु उचित हुनेछ।’