शुक्रबार पक्राउ परेका रास्वपाका सभापति रवि लामिछाने कारागार चलान भएका छन् । बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा पक्राउ परेका लामिछानेलाई भैरहवा कारागार चलान गरिएको छ ।

जिल्ला प्रहरी कार्यलय रुपन्देहीले अदालती प्रकिृया पुर्याएर लामिछानेलाई सोमबार भैरहवा कारागार पठाएको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रन्जितसिंह राठाैरले सबै अदालती प्रक्रिया पुर्याएर कारागार पठाइएको बताए । उनले अर्को आदेश नआउँदासम्म लामिछाने भैरहवा कारागारमै रहने जानकारी दिए ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा राख्ने आदेश दिएपछि लामिछानेलाई शुक्रबार काठमाडौँबाट पक्राउ गरी शनिबार विमानमार्फत भैरहवा ल्याइएको थियो ।

भैरहवा कारागारमा सोही सहकारी प्रकरणमा मुछिएका पूर्व डीआईजी छविलाल जोशी पनि रहेका छन् ।

35
Shares
२४ चैत्र २०८१, सोमबार १४:३८