शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै कुलमानले यस्तो बताएका हुन्। ‘मैले कानुनभन्दा बाहिर गएर कुनैपनि निर्देशन मान्न सक्दिनँ। डेडिकेटेड र ट्रंकलाइनको कुरामा विवाद सुरु भयो। त्यसैले बर्खास्ती पाएँ,’ उनले भने।
सरकारले आफूमाथि लगाएको ‘जवाफदेही हुन नसककेको’ र ‘बक्यौता उठाउन नसकेको’ आरोपको खण्डनसमेत उनले गरेका छन्। महशुल उठाउन सहमती माग्दा नै आफूलाई हटाइएको उनको जिकिर छ। आफूले महशुल उठाउन खोज्दा निरन्तर दवाव र आदेश आएका कारण आफूले उठाउन नसकेको उनले बताएका छन्।कुलमानलाई माओवादी केन्द्रको समर्थन रहेको र उनी माओवादी भएको भन्ने आरोपबारे खण्डन गर्दै आफू कसैको नभएको उनले जिकिर गरेका छन्। ‘म कुनै व्यक्ति र पार्टीको होइन्। म कर्मचारी हुँ। जनताको हुँ,’ उनले भने।
साथै, उनले राजनीतिमा आउने भन्नेबारे पत्रकारको प्रश्नमा यदि त्यस्तो अवस्था आए आफू देशको लागि जुनसुकै जिम्मेवार पदमा आउन तयार रहेको बताएका छन्।