पकलीबाट चतरातर्फ जाँदै गरेको प्र १–०२–०४३ प ५३०९ नम्बरको मोटरसाइकलले साँझ ६ः४० बजेतिर दुर्घटना गराएको हो । प्रहरीका अनुसार मोटरसाइकलको ठक्करबाट बाटो क्रस गर्दै गरेकी बराहक्षेत्र–३ की ७७ वर्षीया मनमाया गिरीको मृत्यु भएको छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएकी गिरीलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । उपचारका क्रममा राति १०ः१८ बजेतिर मृत्यु भएको जानकारी प्रहरीले दिएको छ ।दुर्घटनालगत्तै मोटरसाइकल चालक मोरङको केराबारी गाउँपालिका–५ का ३३ वर्षीय अनिल विकलाई पक्राउ गरेर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।