विराटनगर । नेकपा एमाले मोरङ जिल्ला कमिटीले चैत १८ गते सोमबार जनआन्दोलन चोकमा गणतन्त्रका पक्षमा जागरण सभा आयोजना गर्ने भएको छ।

दिउँसो १ बजे सुरु हुने जागरण सभामा सहभागी हुन जिल्ला कमिटीले सबैमा आह्वान गरेको छ ।

गणतन्त्रका विरुद्धमा विभिन्न गतिविधि भइरहेको सन्दर्भमा त्यसको प्रतिकार गर्न सबैलाई सहभागी हुन पार्टीले आह्वान गरेको हो ।

पार्टीले गणतन्त्रका पक्षमा देशभर कार्यक्रम आयोजना गरिरहेको छ । वागमती प्रदेशले प्रदेशका सबै वडा र जिल्लामा जागरण सभा गरिसकेको छ । अन्य जिल्लामा पनि यस्ता सभा भएका छन् ।

चैत १८ गते काठमाडौं उपत्यका बाहेकका १० वटा जिल्लामा जागरण सभा गर्ने बैठकले निर्णय गरेको थियो। उपत्यकामा भने चैत १८ गते मोटरसाइकल र्याली गर्ने निर्णय भएको नेकपा एमाले वागमती प्रदेश कमिटी उपसचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख भक्तकुमारी लामाले जानकारी दिइन्।

राजतन्त्रका पक्षधरहरुले लोकतन्त्र विरुद्ध भ्रम फिँजाएको भन्दै एमालेले त्यसका विरुद्ध सभा गर्न लागेको हो।

63
Shares
१६ चैत्र २०८१, आईतवार २०:३५