तीनकुनेमा राजावादीहरुले शुक्रबार पत्रकारसहित २ जनाको ज्यान जाने गरी गरेको हिंसात्मक प्रदर्शनमा राजभण्डारी पनि सहभागी थिए । उनले पत्रकार मृत्युको कारण राज्यपक्ष भएको आरोप लगाउँदै शनिबार फेसबुक स्टाटस राखेका थिए ।
प्रहरीले राजावादीहरुको प्रदर्शनमा सहभागी राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री डा. धवलशम्शेर राणा र स्वागत नेपाललगायत ५१ जना शुक्रबार पक्राउ परेका थिए । हिंसात्मक आन्दोलनमा ढुंगामुढा गर्ने धर्मगुरु पुष्कर खतिवडा पनि पक्राउ परिसकेका छन् ।दुर्गा प्रसाईंका आरटीएफ कमाण्डर पक्राउ
काठमाडौं । काठमाडौंको तीनकुने घटनामा प्रत्यक्ष संलग्न रहेको भन्दै प्रहरीले दुर्गा प्रसाईं निकट युवा समूहका १ जना कमाण्डरलाई शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा ‘रोयल टास्क फोर्स’ (आरटीएफ) भनिने समूहका कमाण्डर मुनिन्द्र राजभण्डारी छन् । बालाजु क्षेत्रबाट पक्राउ गरेर राजभण्डारीलाई अनुसन्धानको दायरामा ल्याइएको प्रहरीले जनाएको छ ।