काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले ‘तपाईंको आदेश प्रहरी प्रशासनले नमानेको हो?’ भन्दै गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरेका छन्।

शनिबार नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय आलोकनगरमा आन्दोलनकारीहरुले तोडफोड गरी पुर्‍याएको क्षतिको अनुगमन गर्न पुगेका गृहमन्त्री लेखकलाई उनले यस्तो प्रश्न गरेका हुन्। शुक्रबार भएको राजसंस्था पक्षधरहरूको आन्दोलनका क्रममा विभिन्न निजी र सार्वजनिक सम्पत्तिमा तोडफोड भएको थियो।

सोही क्रममा नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयमा पनि आगजनी र तोडफोड गरिएको थियो।

पार्टी कार्यालयमा आन्दोलनकारीले आगो लगाएकोबारेमा प्रहरी प्रशासनलाई समयमै जानकारी गराउँदा पनि प्रहरी प्रशासनले हेलचेक्र्याइँ गरेको पार्टीका नेताहरु बताउँछन्।

अनुगमनमा गएका गृहमन्त्री लेखकसँग नेपालले भने, ‘आधा घण्टा वा १५ मिनेट पहिला आन्दोलनकारीहरु आएको भए केही रहँदैन थियो। तपाईंको आदेश नमानेको हो कि हामीलाई शंका त त्यो लागिरहेको छ।’
7
Shares
१५ चैत्र २०८१, शनिबार १६:०२