लुम्बिनीमा आज आयोजित नेपाली लेखक संघको आठौँ अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले नेपाली जनता संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेकाले वर्तमान व्यवस्था कायमै रहने बताएका हुन्।
उनले शुक्रबार राजसंस्था पक्षधरको आन्दोलनका क्रममा भएका अराजक गतिविधिको निन्दा गरे। उनले पूर्वराजा ज्ञानेन्द्र शाहले संवैधानिक राजा बन्ने चाहना कहिल्यै प्रकट नगरेको बताए।हरेक नेपाली गणतन्त्रका पक्षमा एकजुट हुनुपर्नेमा सभापति देउवाको जोड थियो।