सुरेश रजकले न्याय नपाएसम्म निरन्तर रुपमा विरोध कार्यक्रम जारी रहने महासंघ मोरङका सचिव नेत्र पी. अधिकारीले बताउनु भयो ।
हिजो राजावादी आन्दोलनका क्रममा रिर्पोटिङ गरीरहेका एभिन्युज टेभिजनका पत्रकार सरेश रजकको मृत्यु भएको थियो । कतिपयले उहाँको मृत्यु नभई आन्दोलनकारीले हत्या गरेको आरोप लगाएका छन ।
राजावादीको आन्दोलनका क्रममा नै कान्तिपुर टेलीभिजन र अन्नपुर्ण पोष्टको कार्यलयमा ढुङ्गा मुडा भएको थियो भने हिमालय टेलिभिजनको गाडीमा तोडफोड भएको थियो ।