दमक– ५ दिपिनी मार्गस्थित आफ्नै ३ तले घरको छतबाट हामफाली ८१ वर्षीय टेकबहादुर गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटनास्थलमा प्रहरी टोली गएको र घटनाबारे अनुसन्धान सुरु गरिएको सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले जानकारी दिएका छन् ।आफ्नै घरबाट हामफालेर एक वृद्धको मृत्यु
झापा- झापाको दमकमा आफ्नै घरबाट हामफालेर एकजना वृद्धको मृत्यु भएको छ ।