काठमाडौँ- आफूलाई धर्मगुरु बताउँदै आएका पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार तीनकुनेमा भएको आन्दोलनलाई भड्काउने काम गरेको भन्दै उनलाई पक्राउ गरिएको हो।

उनलाई इमाडोल क्षेत्रमा लुकिरहेको अवस्थाबाट प्रहरीको विशेष टोलीले पक्राउ गरेको बताइएको छ ।खतिवडाले प्रहरीमाथि ढुङ्गा हानिरहेको र प्रदर्शनकारीलाई निषेधित क्षेत्र तोड्न उक्साइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

केही समय अघि भीआइपीको मृत्युको कामना गरेर यज्ञ सञ्चालन गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
7
Shares
१५ चैत्र २०८१, शनिबार ११:४९