रुपन्देहीको एक्स्ट्राटेक ओभल मैदानमा भइरहेको नेपाल पुलिस क्लबसँगको खेलमा शाहबले यो उपलब्धि हासिल गरेका हुन् । उनले ४७ खेलमा एक सय विकेट पूरा गरे ।
यसअघि नेपाल पुलिस क्लबका ललित राजवंशी प्रधानमन्त्री कप क्रिकेटमा एक सय विकेट लिने पहिलो बलर बनेका थिए । ललितले ४२ खेलमा यो उपलब्धि हासिल गरेका थिए ।प्रतियोगितामा अहिले आर्मीले पुलिसले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याइरहेको छ । यस्तै रुपन्देहीकै सिद्धार्थ रङ्गशालामा भइरहेको खेलमा मधेश प्रदेशले बागमती प्रदेशले दिएको २ सय ६० रनको लक्ष्य पछ्याइरहेको छ ।