कुलमान आफूलाई पुन: कार्यकारी निर्देशकमा फिर्ता गर्नु पर्ने माग गर्दै बुधबार अदालतमा गएका थिए भने हितेन्द्र आफूलाई चार वर्ष दायर गरेको रिटको चाँडो टुङ्गो लगाइदिन माग गर्दै अर्को रिट लगेर गएका थिए।
तर सर्वोच्च प्रशासनले हितेन्द्रले पेश गरेको रिट निवेदन प्रक्रिया नपुगेको भन्दै फिर्ता गरेको हो। शाक्यले चार वर्ष अगाडि आफूलाई हटाएर कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको निर्णय विरुद्ध रिट दायर गरेका थिए।उक्त रिटको चाँडो टुंगो लगाइदिन माग गर्दै शाक्यले दिएको निवेदन सर्वोच्चले अंग नपुगेको भन्दै आज फिर्ता गरेको हो। कुलमान घिसिङले पनि आफूलाई कार्यकारी निर्देशकबाट हटाउने निर्णय बद्र गर्न माग गर्दै मंगलबार नै सर्वोच्चमा रिट निवेदन पेश गरेका छन्।