एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बुधबार बसेको बैठकले ‘भ्रष्टाचार, बेथिति र प्रतिगमन’ विरुद्ध प्रदर्शन गर्ने तयारी गरेकोछ । माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शुक्रबार हुने प्रदर्शनमा एक लाख बढी सहभागी हुने बताए ।
‘हाम्रो प्रदर्शनमा एक लाखभन्दा बढी सहभागी हुनेछन्,’ उनले भने, ‘त्यहीअनुसार बैठकले आवश्यक निर्णय गरेको छ ।’ उनले राजधानीका विभिन्न सडकमा शान्तिपूर्ण प्रदर्शन हुने बताए ।सडक प्रदर्शनपछि भृकुटीमण्डपमा हुने सभामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेकपा महासचिव नेत्रविक्रम चन्दलगायत नेताले सम्बोधन गर्नेछन् ।