गुजरातको घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रन बनाएको थियो। उसका लागि कप्तान श्रेयस अय्यरले ९७ रनको नटआउट इनिङ खेल्दा प्रियन्स अर्याले ४७ रन बनाएका थिए।
त्यस्तै मार्कुस स्टोइनिसले २० रन बनाउँदा सशांक सिंहले ४४ रनको अविजित इनिङ खेले। गुजरातका लागि साइ किशोरले ३ विकेट लिएका थिए। २ सय ४४ रनको उच्च लक्ष्य पछ्याएको गुजरात निर्धारित २० ओभरमा २ सय ३२ रनमा समेटियो। उसका लागि साइ सुदर्शनले ७४ रन बनाउँदा जोस बटलरले ५४ रन बनाए। त्यस्तै सब्सटिच्युट खेलाडी सर्फान रुथफोर्डले ४६ रन बनाएपनि टिमको हार टार्न सकेनन्।प्रतियोगिता अन्तर्गज आज कोलकाताले आफ्नो दोस्रो खेल खेल्दै छ। पहिलो खेलमा बैंग्लोरसँग पराजित भएको कोलकाताले आज राजस्थानसँग खेल्न लागेको हो। राजस्थान पनि हैदराबाद सँग पहिलो खेलमा पराजित भएको थियो। यि दुई बिचको खेल राजस्थानको घरेलु मैदान गुवाहाटीमा राति ७:४५ मा सुरु हुने छ।