सभापति देउवाले राजालाई बोकेर हिँडेको राप्रपा कुनै दिन पछुताउने दाबी पनि गरे। राप्रपालाई व्यंग्य गर्दै उनले पार्टीको सभापति नै नियुक्त गर्न सुझाव दिए। उनले राजनीति गर्न मन भए पूर्वराजालाई पार्टी खोलेर आउन आग्रह गरे।
‘ज्ञानेन्द्र संवैधानिक राजा हुन सक्दैनन्। पछि राप्रपा पनि पछुताउँछ। उसले पार्टी सभापति बनाए हुन्छ। राजनीति नै गर्नु छ भने पार्टी खोलेर गरे भइहाल्यो’, सभापति देउवाले भने, ‘उनी पार्टीमा लागे भने राप्रपाले पनि दुःख पाउँछ। दुःख पाए हुन्छ। हामी संवैधानिक राजालाई स्वीकार गर्न सक्दैनौँ। मैंले सबै कुरा गर्दा गर्दै मलाई जेलमा हाले। जीवन्त र सक्षम अदालत भएकाले म छुटेका हुँ।’राजावादीको गतिविधि बढ्दै जाँदा सभापति देउवा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथप्रति असन्तुष्ट छन्। आफूलाई भेट्न आउने नेता कार्यकर्तालाई उनले राजतन्त्र पुनः स्थापनाको आन्दोलन हुनुका पछाडि आदित्य नाथको उक्सावट रहेको आरोप लगाउने गरेका छन्।