विराटनगर । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको १० औं महाधिवेशनको आजदेखि सुरु हुँदैछ । विराटनगरको होटल मनास्लुमा उद्घाटन हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
तीन दिनसम्म चल्ने महाधिवेशनको नेकपा एमाले महासचिव शंकर पोखरेलले गर्ने प्रेस चाैतारी सचिव विक्रम लुइटेलले जानकारी दिए ।
सचिव लुइटेलका अनुसार महाधिवेशनमा देशभरबाट ९ सय प्रतिनिधि विराटनगर आइपुगेका छन् । चौतारीको नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष गणेश पाण्डे र राजेश राईले उम्मेदवारी घोषणा गरिसकेका छन् ।एमाले प्रचार विभाग सचिवको जिम्मेवारीबाट राजीनामा दिएका पाण्डेलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्ष बनाउन निर्देशन दिएका छन् । तर प्रतिनिधिले भने निर्वाचन मार्फत नयाँ नेतृत्व छनाेट गर्नुपर्ने बताइरहेका छन् ।