उनले आफूहरुले समयमै अधिवेशन हुनुपर्छ भनेर आवाज नउठाए कसैले उठाउन नसक्ने उनको भनाइ थियो।
उनले सामाजिक सञ्जालमा २०८२ को मंसिर मसान्तसम्म महाधिवेशन हुनुपर्छ भनेर लेख्न आफू निकट नेता/कार्यकर्ताहरुलाई निर्देशन दिए। सबैले दबाब दिए पार्टीले थेग्न नसक्ने उनले बताए।यस्तै, उनले सबैले साथ दिएको खण्डमा नेपाल बनाउन सकिने बताए। देश विकासका लागि नेपाली कांग्रेस एक ढिक्का हुन जरुरी रहेको उनको भनाइ थियो। उनले पार्टी सभापति शेरबहादुर देउवा र आफूबीचमा कुनै तिक्तता नरहेको बताए।