विराटनगर। आज सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कोशी प्रदेशका ८१ हजार ३६० विद्यार्थी सहभागी हुने भएका छन्। प्रदेशका १४ जिल्लामा ३७१ परीक्षा केन्द्र तोकिएको छ। साधारण धारतर्फ ७७ हजार ९५७, प्राविधिक धारतर्फ २ हजार ९७७ र खुला परीक्षार्थीतर्फ ४२६ जना गरी ८१ हजार ३६० विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्। नियमिततर्फ ७२ हजार ६१३, ग्रेड वृद्धितर्फ ८ हजार ७४७ विद्यार्थी सहभागी हुने मन्त्रालयले जनाएको छ।

एसईईमा सबैभन्दा धेरै मोरङ जिल्लाको ७० परीक्षा केन्द्रबाट १८ हजार २२१ विद्यार्थी सहभागी हुनेछन्। झापाका ५७ परीक्षा केन्द्रबाट १७ हजार १०३, सुनसरीका ५० परीक्षा केन्द्रबाट १३ हजार ६१३ विद्यार्थी एसईईमा सहभागी हुनेछन्।

यस्तै, तेह्रथुमबाट १ हजार १९४ विद्यार्थी परीक्षामा सहभागी हुने मन्त्रालयले जनाएको छ। सोलुखुम्बुका १४ परीक्षा केन्द्रबाट १ हजार ७०२ विद्यार्थी सहभागी हुने छन्। ताप्लेजुङको १७ परीक्षा केन्द्रबाट २ हजार २८३, ओखलढुंगाका १७ परीक्षा केन्द्रबाट २ हजार २३१ विद्यार्थी परीक्षामा सहभागी हुने जनाइएको छ।
49
Shares
५ चैत्र २०८१, बुधबार २१:४०