पेमाको जितका लागि हरि खवास र अनिल परियारले समान १–१ गोल गरे । खेलको ४९ औं मिनेटमा अनिल परियाले मिलाइ दिएको पास हरिले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ६८ औं मिनेटमा डिबक्सभित्रबाट गरेको कडा प्रहार प्रहरीको गोलरक्षक बाल्मिकी राईलाई लागेर फर्केको बललाई अनिलले पोस्टको दिशा दिएका थिए ।
प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफसम्म गोलरहित खेल बराबरी भएको थियो । दोस्रो हाफदेखि पेमाले आक्रामक खेल्दै जित आफ्नो पक्षमा पार्न सफल भयो । पुलिसले दोस्रो हाफपछि पाएको केही अवसर चुकाउँदा घरेलु टोलीलाई खेल सुम्पनु पर्यो ।खेलको प्लेयर अफ म्याच पेमाका अनिल परियारले २ हजार १ सय रुपैयाँ प्राप्त गरे । विराटनगरको जुट मिलको खेल मैदानमा मिल्स गोल्डकप फुटबल ट्रष्टले आयोजना गरेको प्रतियोगिताअन्तर्गत मंगलबार भारत विहारको बाइएससी खोखा झिल कटिहार र सुनसरी इटहरीको टीएफसी तालतलैयाबीच हुनेछ ।