पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्बिर जलाएको आरोपमा पक्राउ परेका राप्रपा नेता छुटेका छन् । चितवनबाट आइतबार पक्राउ परेका राप्रपा नेता निराजन बम लाई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको थियो ।

आइतबार साँझ प्रहरीले उनलाई रिहा गरेको हो । राप्रपा र नेकपा माओवादी केन्द्रका नेताहरुको समन्वयमा उनलाई छाडिएको हो ।

बमको रिहाइका लागि राप्रपा मकवानपुरका कार्यबाहक अध्यक्ष सागर थापा र नेकपा माओवादी केन्द्रका मकवानपुर संयोजक भीम पाख्रिन लगायत पुगेका थिए ।
7
Shares
३ चैत्र २०८१, सोमबार ०९:०७