मिल्स गोल्डकप ट्रष्टले विराटनगरको जुट मिलको खेल मैदानमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज दोस्रो दिनको खेल आयोजक टोली र कोशी प्रदेश प्रहरी कार्यालयको टोलीबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोली सेमिफाइनल यात्रा तय गर्न खेल्ने छन् ।
मिल्स गोल्डकपः आज आयोजक र कोशी प्रदेश प्रहरी कार्यालय भिड्दै
विराटनगर । विराटनगरमा जारी ५ औं मिल्स गोल्डकप फुटबल प्रतियोगितामा आज आयोजक टोली पेमा स्पोर्टिङ क्लब र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको टोलीबीच खेल हुँदैछ ।