अमेरिकाले ४३ देशका नागरिकलाई यात्रामा प्रतिबन्ध लगाउने तयारी गरेको छ । ट्रम्प प्रशासनले विभिन्न मुलुकका नागरिकलाई अमेरिका यात्रामा रोक लगाउन लागेको हो । द न्युयोर्क टाइम्सका अनुसार विभिन्न श्रेणीअन्तर्गत ४३ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने तयारी भइरहेको छ । अमेरिकाले दक्षिण एसियाका अफगानिस्तान र भुटानका नागरिकलाई भने पूर्णरूपमा प्रतिबन्ध लगाउन लागेको द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।

ट्रम्प प्रशासनले अफगानिस्तान र भुटानसहित क्युबा, इरान, लिविया, उत्तर कोरिया, सोमालिया, सुडान, सिरिया, भेनेजुयला र येमेनका नागकिलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लगाउने भएको हो । बेलारुस, इरिट्रिया, हाइटी, लाओस्, म्यानमार, पाकिस्तान, रुस, सेरा लियोन, दक्षिण सुडान र तुर्किमेनिस्तानका नागरिकलाई भने आंशिक प्रतिबन्ध लगाउने तयारी छ ।

आंशिक प्रतिबन्ध लगाइएका मुलुकका व्यापारीलाई भने भिसामा सहजता दिने बताइएको छ । त्यस्तै, अरु देशका नागरिकलाई प्रतिबन्ध लगाउने र ती मुलुकको हकमा भने निर्णय फेरबदल हुनसक्ने विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । जसमा अङ्गोला, कम्बोडिया, क्यामरुन, कङ्गो, लाइबेरिया, माली, जिम्बावेलगायतका मुलुक छन् ।
63
Shares
२ चैत्र २०८१, आईतवार १२:५६